पर्यटन/संस्कृति

४५ करोडको लगानीमा देशकै ठूलो फनपार्क बनाउने तयारीमा खड्का

धरान, सुनसरी । धरानको पानबारीमा ४५ करोडको लगानीमा रिसोर्ट संचालनमा आउने भएको छ । आईसल्याण्ड फनपार्क एण्ड रिसोर्ट प्रा.लीले मुलुककै सुन्दर शहर धरानमा शहरीया लोकल तथा बाह्या पर्यटकहरुलाई आकर्षित गर्ने उद्येश्यले उक्त रिसोर्ट संचालनमा ल्याउन लागेको हो ।
उक्त कम्पनीले झण्डै चार बिघा जग्गामा संचालनमा ल्याउन लागेको  फनपार्क संचालन हुनुभन्दा अगाडी तेह्रथुमको लालीगुंरास नगरपालीकामा ४० रोपनी जग्गामा ६ करोड भन्दा बढी लागनी गरी दुर्लभ ट्राउट माछा पालनसहितको रिसोर्ट संचालन गरिरहेको छ ।

तेह्रथुममा रिसोर्ट संचालनमा सफलता हाँशिल गरेपछि सुनसरीमा संचालन आउदो मंसिरदेखी नै कार्य संचालन  हुने फनपार्क प्रा.लिका अध्यक्ष धर्म खड्काले बताए ।

पर्यटन ब्यावशायमा सफलता हाँशिल गरिसकेका खड्काले उक्त रिसोर्ट संचालनमा आईसकेपछि कोशी कोरिडोरका ३० प्रतिशत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष राखेका छन् । आइसल्याण्ड फनपार्कको स्थापना पश्चात पुर्ब क्षेत्रमा पर्यटकीय हिसाबले आकर्षक मानिने ईलाम, भेडेटार र नमस्ते झरनालाई समेत चुनौती दिने पर्यटकीय रुपमा जानकार यसोदा कार्की बताउछिन्।

आईसल्याण्ड फनपार्क काठमाण्डौको चोभार, भृकुटीमण्डप र साँगाको भन्दा ठूलो हुने अध्यक्ष खड्काको दाबी छ । कलकत्ताको नेको फनपार्क प्रालिले प्राबिधिक डिजायन गरिरेहको समेत अध्यक्ष खड्काले बताए ।