राजनीति

जबसम्म हाम्रो हिन्दी भाषाले मान्यता पाउदैँन, तबसम्म नेपाली बोलिदैँनः राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलाका सदस्य राजेन्द्र महतोले आफ्नो (हिन्दी) भाषाले पहिचान र मान्यता नपाएसम्म हिन्दी बोलिरहने बताएका छन् । बिहिबार प्रतिनिधीसभा बैठकमा बोल्दैँ नेता महतोले आफू राम्रो सँग नेपाली बोल्न सक्ने भए तापनि हिन्दी भाषाले पहिचान नपाएसम्म नेपाली नबोल्ने उद्घोष गरेका हुन् ।

नेपाली नबोलेको भन्दैँ सामाजिक सञ्जालमा आफ्नो आलोचना हुने गरेको भन्दैँ उनले सामाजिक संजाललाई सामाजिक जञ्जालको संज्ञा दिएका छन् । नेपालको वर्तमान संविधानको संशोधन गर्न छाडेर सरकार कानमा तेल हालेर सुतेको आरोप लगाए । वर्तमान संविधानको संशोधन नगरिएका यो संविधान पनि विगतका ६ संविधानको जस्तै दुर्गती हुने ठोकुवा गरेका छन् ।

आफूहरुले धेरै धैर्य गरिसकेको र धैर्यको बाध फुट्यो भने देशमा नराम्रो संकट निम्तने चेतावनी सरकारलाई नेता महतोले दिएका थिए । करिब १५ मिनेट संसद रोष्टममा बोलेका नेता महतोले पूरै हिन्दीमा भाषण गरेका थिए ।