पु.समाचार

काँग्रेसलाई जसरीपनि बलियो बनाउन नेता भण्डारीले दिए यस्ता महत्वपूर्ण ८ सुझाब

काठमाण्डौ । नेपाली कांग्रेसले विधान संशोधनका लागी सुझाव संकलन गरिराखेको छ । पार्टीहरु विधान सम्मत चलेनन भने देश संविधान सम्मत चल्न सक्दैन । पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिन सकिएन भने सरकारको नेतृत्व गर्दा पनि जनतालाई समान अवसर र न्याय दिन सकिदैन । पार्टीहरुलाइ सबल सक्षम नबनाइ सरकार चल्न सक्दैन र राष्ट्र पनि अगाडी बढ्दैन । तसर्थ यसै रोगका कारण नेपाली कांग्रेस सानो भएको छ भने नेपाल सिमित व्यक्तिहरुको शिकार बनेको छ ।
अब कांग्रेसलाइ सबल र सक्षम बनाउनु छ ।

जसकालागीः नेपाली काँग्रेसको विधानमा निम्न बुदाहरु राख्नु पर्दछ ।

१.समानुपातिक प्रणाली अवसर हो धनी बाबुआमाले आफ्ना सन्तानलाई दिने दाइजो होइन । समानुपातिकको अवसर एकपटक भन्दा बडी कसैले पनि पाउनु हुदैन । कसैले गर्यो भने लेनदेनको आधारमा गरिएको ठानी भष्ट्रचार अभियोगमा कारबाही गरिनु पर्दछ ।

२. विधान पालना नगर्ने नेतृत्वलाइ बिचमानै निकाल्न सक्ने व्यवस्था हुनु पर्दछ ।

३. जुनसुकै पदमा रहेपनि नेताहरु तल्लो निकायबाट प्रतिनिधित्व हुदै आउने व्यवस्था गरिनु पर्छ।

४. तल्लो निकायहरु अधिकार सम्पन्न बनाउने र केन्द्रको हस्तक्षेपलाइ नियन्त्रण गर्ने ।

५. नेतालाइ कमजोर बनाउने होइन विवेकशील बनाउदै विधानतः छाडा, परिवार र पैसा मुखी हुने प्रवृत्तिबाट बचाउन विधानतः बाँधनु पर्दछ ।

६. नेताहरुको सम्पत्ति पारदर्शी हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।

७. पार्टीको समिक्षा, अनुगमन, मुल्याड.कन र दण्ड र पुरस्कारको पारदर्शी व्यवस्थापन ।

८. सामाजिक सदभाव भड्काउने र राष्ट्रविखण्डनमा लाग्नेहरुको सदस्यता खारेज ।

“ कांग्रेस जस्तो सुकै शक्ति संग लड्न सक्षम छ तर आफ्नै नेताबाट बचाउन अप्ठ्यारो परेको छ तसर्थ भागबण्डा, गुट, उपगुट, गिरोह, पदहरुको व्यापार, अविवेकशील निर्णय, विचार शुन्यहरुको बाहुल्यताका कारण नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कमजोर भएको छ।”
साथीहरु,
नेतृत्व गर्ने व्यक्तिहरु धनी हुने र देश, जनता र पार्टी गरिव हुने जुन परिपाटी नेपालमा विकास भएको छ । अरु कुनैपनि देशमा यस्तो हुदैन तसर्थ राम्रो र सक्षम पार्टीका लागी राम्रा विचार, ति विचारको नेतृत्व गर्ने राष्ट्रवादी सोच र समय अनुसारको विचारको नेतृत्व लिनसक्ने नेताका लागी नेपाली कांग्रेसको विधान निर्माणमा सतर्क बनौं ।
जय नेपाल ।

( नेता भण्डारी काँग्रेस केन्द्रीय सदस्य हुन् । )