सामाजिक सञ्जाल

मोदीले गरे कमाल, फलोअर्समा सबैलाई पछारे !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीट फलोर्समा विश्वका सबै नेतालाई पछारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ईसाई धर्मगुरु पोप फ्रान्सिसलाई छाडेर उनी दुनियाकै सबैभन्दा बढी ट्वीटर फलोर्स हुने नेताको सूचिको शीर्ष स्थानमा आफ्नो नाम दर्ज गराएका हुन् ।

उनको पछिल्लो लोकप्रियताले ट्वीटर फलोर्सको संख्यामा छलाङ मारेका छन् । कहिल्यै ईन्टरनेटको अनुहार नदेखेका व्यक्तीहरुको क्रेज सामाजिक सञ्जालमा बढेसँगै मोदीको लोकप्रियता पनि ह्वात्तै बढेको हो । मोदीले पछिल्लो समय विश्वप्रभाव पार्ने खालका निर्णय तथा काम गरेकाले यो उचाई प्रदान गरेको हो ।