प्रवास

एनआरएनए युकेलाई डिजिटल बनाउने उद्धेश्यसहित सदस्यता अब अनलाईनबाटै !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरए) संयुक्त अधिराज्य बेलायतको सदस्यता अब अनलाईनबाटै वितरण गरिने भएको छ । आईतबार राजधानी लण्डनमा एनआरएनए युकेका प्रतिनिधीहरुले पत्रकार सम्मेलन गरी आधिकारिक रुपमा अनलाईनबाट सदस्यता वितरणको थालनी गरिएको हो ।

एनआरएनए युकेलाई डिजिटल बनाउने विभिन्न अभियान अन्तर्गतको पहिलो अभियान मानिएको अनलाईनबाट सदस्यता वितरण रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । निकट दिनहरुमै अनलाईन मतदान लगायत योजनाहरु रहेको बताईएको छ ।

कार्यक्रममा एनआरएनए युकेका उपमहासचिव विनय अधिकारीले अनलाईनबाट सदस्यता लिने विधी र प्रक्रियाबारे भिडियोे तथा पावरप्वाईन्ट प्रकाश पारेका थिए ।