राजनीति

महासचिव बैद्यको ठोकुवाः केपी ओलीले मुलुक बर्बाद बनाए

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कडा शब्दमा आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको सपना बाडेर मुलुकलाई बर्बाद बनाएको आरोप लगाएका हुन् ।

सरकार बनेको ७ महिना बितिसक्दा देशमा सुनतस्करी, चोरी डकैदी, बलात्कार जस्ता महिला हिंसा मा संलग्न अपराधीलाई कारवाही गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले वर्तमान सरकार भ्रष्ट्राचारको भूमरी फसेको र भ्रष्ट्राचारको पोखरीमा चुर्लुम्म डुबेको गम्भीर आरोप लगाए ।

श्रमजीवी जनताको पक्षमा उभिन र वकालत गर्न पार्टीका नेता, कार्यकर्तालाई महासचिव बैद्यले निर्देशन दिएका छन् ।