बाग्मती

पीडितलाई छिटो अनुदान दिन माग

मेलम्ची । सिन्धुपाल्चोकका भूकम्प अनुदानमा छुट भएका पीडितलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्पपीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न कारणले छुट भएका पीडितलाई अनुदान उपलब्ध गराउन माग गर्दै राप्रपा (प्रजातान्त्रिक) निकटकाहरुले समिति स्थापना गरेका हुन् । सङ्घर्ष समितिका तर्फबाट आज जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायत भूकम्पसँग सम्बन्धित सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाइएको समितिका संयोजक कुमारी लामााले जानकारी दिए । विभिन्न कारणले छुट भएका वास्तविक भूकम्पपीडितलाई सरकारी नियम र प्रक्रिया पूरा गरी पुनः सर्भेक्षणमार्फत अनुदान उपलब्ध गराउन समितिले माग गरेको छ ।

सिन्धुपाल्चोकमा २३ हजार लाभग्राहीले आफूहरु अनुदान प्रक्रियामा छ्ट भएको भन्दै पुनःनिर्माण प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । तीमध्ये हालसम्म १० हजारको मात्रै गुनासो सम्बोधन भएको छ ।