शिक्षा

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री

हुम्ला । असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सिमकोट तल्लो बजारमा अपङ्गता होस्टेलमा बसेर बालमन्दिर माविमा अध्ययनरत ५७ बौद्धिक बालवालिकालाई स्कूल झोला, विद्यालय पोशाक, स्टेशनरी सामग्री हस्तान्तरण गरिएको संस्थाकी जिल्ला संयोजक लामाले बताए ।

संस्थाले श्री पञ्चमुखी हिमाल प्रावि ठेहेमा अध्ययन गर्ने २०० छात्रछात्रालाई स्कूल पोशाक, स्टेशनरी सामग्री प्रधानाध्यापक कालीबहादुर भण्डारीलाई संस्थाकी संयोजक क्याम्म लामाद्वारा हस्तान्तरण गरिएको छ ।
सिमकोट गाउँपालिका–२ मा रहेको विद्यालयका विद्यार्थीलाई चाहिने सामग्री वितरण गरेको छ । असल छिमेकी नेपालको शिक्षासँग कार्यक्रम भएकाले पनि अझै जिल्लाका अन्य विद्यालयमा पोशाक, स्टेशनरी, स्कूल झोलालगायत अन्य सामग्री वितरण गरिने संस्थाकी संयोजक लामाले बताए ।