बाग्मती

प्रदेश राजधानी हेटौँडामै उपयुक्त: मुख्यमन्त्री

हेटौँडा । प्रदेश नं.३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताए।

न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उनले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटौँडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गरे । हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उनको तर्क थियो ।