समाचार

निर्माणको काममा चरम लापरवाही गर्ने पप्पु कन्सट्रक्सनका प्रमुख पक्राउ गर्न पूर्जी काटियो

काठमाडौं । पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ पूर्जी काटेको छ । रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना भएको मुद्धा अनुसन्धान गर्न बोलाउँदा रौनियार नआएपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले पक्राउ गर्न पूर्जी काटेको हो । निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएकाले कम्पनि नै दोषि भएको भन्दैँ स्थानिहरुले उजुरी दर्ता गरेका थिए ।

पुलको चार वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेका छैनन् । २०७४ आषाढ सम्म २२५ मिटर लामो पुलको निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ४० प्रतिशत काम समेत सम्पन्न भएको छैन् । करिब १७ करोड लागतमा निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनको चरम लापरवाहीले स्थानिय ५ जनाको ज्यान गएपछि कम्पनि विरुद्ध मुद्धा दायर गरिएको थियो ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।