पु.समाचार

खाम्तेल बिकास मञ्चको अध्यक्षमा डा.आचार्य, प्राबिधिक क्षेत्रमा राम्रो गर्ने मन्त्री पोख्रेलको बिश्वास

काठमाण्डौ । खाम्तेल बिकास मञ्चको अध्यक्षमा डा. भागवत आचार्य निर्बाचित भएका छन् । खोटाङको राजापानी गाबिस अन्तर्गत पर्ने खाम्तेल भन्ने चर्चित स्थानको नाममा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संचालन गरिएको आजको आठौ साधारण सभाले आचार्यलाई अध्यक्षमा सर्बसम्मतीले निर्बाचित गरेको हो ।

शिक्ष मन्त्री गिरीराजमणी पोख्रेलको प्रमुख आतिथ्यमा संचालित आजको कार्यक्रममा प्रदेश नमबर १ का प्रदेशसभा सदस्य एकराज कार्की, प्रदेश नम्बर १ का मुख्य न्यायाधीवक्ता चुणामणि आचार्य, नेपाल राष्ट्र बैंकका ुहायक निर्देशक डा. भागवत आचार्य र गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल खेलाडी दिनेश सुनार लाई मन्त्री पोख्रेलले सम्मान समेत गरेका थिए ।

प्रमुख अतिथी पोख्रेलले मुलुकको शिक्ष नै प्राबिधीक तिर जाँदै गरेको भन्दै मञ्चले पनि प्रात्रिधिक शिक्षतिर ध्यान दिनुपर्ने बिचार ब्यक्त गरेका छन् । आफू पनि खोटाङमा नै जन्मिएको बताउदै खाम्तेलसंगको सम्बन्ध आफ्नो बिशेष रहेको बताएका थिए । बिशेष अतिथीका रुपमा निम्त्याईएका खोटांगमा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, महान्यायधीवक्ता चुडामणी आचार्य लगायत वक्ताहरुले खाम्तेल बिकास मञ्चले आफ्नो जन्मभूमिका लागि महत्वपूर्ण कार्य गरिरहेको र अझै राम्रो कार्य गर्ने आफूलाई बिश्वास रहेको बताएका थिए ।

त्यसैगरी, कार्यसमिति  उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मीलाई चयन गरेको छ । अष्ट्रेलीया सँयोजकका रुपमा भने दीपक कार्कीलाई चुनिएको छ ।

काठमाण्डौको बानेश्वर क्याम्पसमा गरिएको उक्त साधारण सभामा खाम्तेलबाट काठमाण्डौ आई बसोबास गर्ने, खाम्तेल तथा खोटाङलाई माया गर्ने ब्यक्तीहरुको उल्लेख्य सहभागीता थियो ।

नबनिर्बाचित अध्यक्ष डा. आचार्यले खाम्तेलको दायरादाई हलेसी नगरपालीका र खोटाङसम्म नै बढाएर सामाजिक कार्यहरु अगाडी बढाउदै लाने लक्ष रहेको बताएका छन् । डा. आचार्य राष्ट्र बैंक बाहेक, शाहीत्य, प्राध्यापन लगायत बिभिन्न समाज सेवामा समेत संलग्न छन् ।

 

 सम्मानित हुनेहरुसंग मन्त्ती पोख्रेल, साँसद विशाल भट्टराई लगायत
कार्यक्रममा उपस्थित जनाउने खाम्तेलेहरु