कृषि

धान बालीमा अज्ञात रोग देखा

राजापुर । बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रमा धान बालीमा अज्ञात रोग देखा परेको छ । विगत १० दिनदेखि पाक्नै लागेको धान बालीमा अज्ञात रोग देखा परेपछि सो क्षेत्रका कृषक चिन्तित बनेका छन् ।

बाली सुक्ने, पहेँलो हुने र धानबाली ओइलाउन थालेपछि कृषक उब्जनी कम हुने र भोकमरी हुने चिन्तामा परेको स्थानीयवासी तिलक थारुले बताए । धान बालीमा देखिएको प्रकोप नियन्त्रणका लागि बाली संरक्षण कार्यालय नेपालगञ्ज र बारबर्दिया नगरपालिकाअन्तर्गत रहेको कृषि शाखाबाट अनुसन्धान गर्न टोली पठाएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए । धानमा औषधि छर्नुपर्ने भए पनि कृषकले खरीद गर्न नसक्दा समस्या भएको छ । बाली संरक्षण कार्यालय नेपालगञ्जका बाली संरक्षण अधिकृत मिलन गैरेले समस्या समाधान गर्न पहल गर्ने बताए ।