कृषि

कृषकलाई अनुदान

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रु तीन हजारदेखि रु ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली तथा फलफूल व्यवसाय गर्ने कृषकलाई अनुदान दिइने अध्यक्ष पोखरेलले बताए। “कृषकलाई उत्पादनमूलक क्षेत्रमा लगाएर व्यावसायिक बनाउन तथा जीवनस्तर उकास्ने उद्देश्यले अनुदानको व्यवस्था गरेका हौँ,” उनले भने ।