राजनीति

आक्रोशित हुदैँ सभापती देउवाले कार्यकर्तालाई भनेः ओली सरकारको जरा उखेल्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादी बनिसकेको भन्दैँ आक्रोश पोखेका छन् । पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देउवालाई अधिनायकवादी सरकारविरुद्ध लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

देशलाई निकास दिनका लागि नेपाली कांग्रेस सशक्त भई अगाडी बढ्नुको विकल्प नभएको देउवाको जिकिर छ । “सबै प्रकारका अन्यायबाट मुक्ति दिलाउने पार्टी नेपाली कांग्रेस हो, उनले भने, त्यसकारण राष्ट्र हितका लागि पार्टीको स्वार्थ अनुकुल अगाडी बढ्नुस्” ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विश्वकै उत्कृष्ट संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले पार्टीको विधान पनि उत्कृष्ट बनाउन आवश्यक रहेको बताए । संविधानलाई आधार बनाएर पार्टीको विधान बनाउन विधान संशोधन समितिलाई निर्देशन समेत दिए । विधानको प्रारम्भिक मस्यौदा माथि सोमबारदेखि सुझाव संकलनको काम सुरु गरिएको छ ।