मनोरञ्जन

उद्घोषण, अभिनय तथा व्यक्तीत्व विकास तालिमको प्रमाणपत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । देश परदेश मिडिया प्रालीबाट एक महिने उद्घोषण, अभिनय तथा व्यक्तीत्व विकास तालिमबाट लिएका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित फनपार्क अगाडी एक भव्य कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो । 
नायक, निर्माता तथा निर्देशन निखिल उप्रेती प्रमुख आतिथ्यतामा तथा वरिष्ठ कलाकार शुशील पोखरेलको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा देश परदेश मिडियाबाट लाभान्वित भएका झण्डैँ १ सय जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा देश परदेश म्युजिक सञ्चालन समितिका सदस्य तथा सल्लाहकार समितिका सदस्यहरुलाई सम्मानित गरिएको देश परदेश म्युजिक प्रालिका प्रबन्ध निर्देशक सन्तोष गौतमले बताए ।
देश परदेश मिडियाले विगत ४ बर्षदेखि अनवरत रुपमा उद्घोषण, भाषण कला तथा व्यक्तित्व विकासको तालिम दिदैँ आएको छ ।