प्रवास

राजनीतिबाट सन्यास लिने मिति तोक्दैँ माधव नेपालले प्रधानमन्त्रीलाई यसो भने !

टेक्सास । पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । एक अनलाईन कार्यक्रममा कुरा गर्दै पुर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताएका छन् । सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिएका छन् ।

दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताए। आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताए।

नेता नेपाल हाल अमेरिका भ्रमणमा रहेका छन् ।