समाचार

भालुको पित्त सहित चार जनालाई काठमाडौँबाट हतकडी

काठमाडौं । संरक्षित जनावर भालुको पित्तसहित राजधानीबाट ४ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिसाईबी) को टोलीले उनीहरुलाई राजधानीको गोपीकृष्णबाट भालुको पित्त (आखेटोपहार० सहित आईतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु २५ बर्षीय रमित घतानी, ३० बर्षीय सागर तामाङ, सोलुखुम्बु २२ बर्षीय सन्त घतानी र सोलुखुम्बु २८ बर्षीय मिङमार तामाङ रहेका छन् ।

उनीहरुलाई थप कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाईएको छ ।