आर्थिक

महासंघ चुनावः काँग्रेसका सिंहको प्यानलै बिजयी, दुईतिहाई कम्युनिष्ट देखिए नाजुक

काठमाण्डौ । नेपाल निर्माण ब्यावशायी महासंघको निर्बाचनमा रबि सिंह बिजयी भएका छन् । महासंघको निर्बाचनमा काँग्रेसको तर्फबाट आधिकारिक उमेर्द्वारको रुपमा उभिएका सिंहले नेकपाका तर्फबाट निर्बाचन लडेका महासंघका पूर्ब अध्यक्ष समेत रहेका यक्षध्वज कार्कीलाई पराजित गर्दै सिंह प्यानल नै बिजय भएका छन् ।

काँग्रेसका तर्फबाट नै रामशरण देउजा अध्यक्षमा लडेपनि रबि सिंह नै बिजय हुनुले महासंघमा काँग्रेसको स्थान निकै नै बलियो भएको प्रमाणित भएको महिनौदेखी लागेको महासंघको निर्बाचन विजयी घोषणापछि सकिएको छ भने बिजयी पदाधिकारी तथा सदस्यहरुलाई सपथ ख्वाउने कार्यक्रम भने बाँकी नै छ । अध्यक्ष सिंहले विजयी भएपछि भने म सबै निर्माण ब्यावशायीहरुलाई मिलाएर अगाडी बढ्ने छु ।

बिजयी हुनेहरुमा अध्यक्ष रबि सिंह, बरिस्ठ उपाध्यक्ष निकोलस पाँडे, उपाध्यक्षहरु पेम्बा शेर्पा, ई. एडि लामा, महासचिव रोसन दाहाल, कोषाध्यक्षमा हिरण कुमार श्रेष्ठ, उप महासचिबमा नरहरी थपलिया, टंक चौलागाईं तथा कार्या समिति समिति सदस्यहरुमा मुकेश पन्थी, शिबहरी घिमिरे, संजय गुप्ता, संतोष  साह, उज्वल गौतम, उत्तम भट्ट, मंगल साही, तेज बान्तावा राई लगायत रहेका छन् ।

यातायात ब्यावशायी पछि निर्माण ब्यावशायीलाई बर्तमान सरकारले धरपकड गर्ने, प्रहरी खोरमा लगेर थुन्ने लगायतका कार्य गरेपछि ब्यावशायीहरु आतंकित भएर सरकारमा दुईदिहाई भएको कम्युनिष्ट पार्टीका समर्थकलाई ब्यावशायीहरुले हराएकोले भाबी निर्बाचन कम्युनिष्टको पोल्टाबाट बाहिरीने संकेत देखिएको छ ।

निमार्ण ब्यावशाय नेपाल जस्तो अल्पबिकशीत मुलुकका लागि महत्वपूर्ण भएकोले सबै क्षेत्रबाट निमाण ब्यावशायी महासंघ महत्वपूर्ण रुपमा हेर्ने गरिन्छ ।