खेलकुद

भलिबलको उपाधि एपिएफलाई

काठमाडौँ । पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै एपिएफले रु एक लाख, उपविजेता बनेको गण्डकी प्रदेशले रु ६० र तेस्रो भएको गीताञ्जलि कलेजले रु ३५ हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै एपिएफका महेन्द्र श्रेष्ठले मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गीताञ्जलिका दौलत सिंह, सेटर एपिएफका दिनेश गिरी, डिफेन्स गण्डकी प्रदेशका राजन दर्लामी मगर, स्पाइकर एपिएफका टेकराज अवस्थी, ब्लकर गण्डकी प्रदेशका हरि पाण्डे, क्वीकर एपिएफका बलिराम चौधरी र प्रशिक्षक एपिएफका ज्ञानेन्द्र विष्ट घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे ।

यसअघि आजै भएको तेस्रो स्थानको खेलमा गीताञ्जलि क्लबले आयोजक ढोरपाटन क्लबलाई २८–२५, ३०–२८ र २५–१५ को सेटमा पराजित ग¥यो । नेपाल भलिबल सङ्घको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा भदौ ३० देखि आजसम्म भएको प्रतियोगितामा १६ टोलीकोे सहभागिता थियो ।