सामाजिक सञ्जाल

फेसबुक र गौतमबुद्धलाई यसरी जोड्छन् काँग्रेस केन्द्रीय सदस्य डा.खड्का

काठमाण्डौ । नेपाली काँग्रेसका केनद्रीय सदस्य एबम् पूर्बमन्त्री डा. नारायण खड्काले फेसबुकको आफ्नो अनुभब बारे आफ्नो बिचार ब्यक्त गरेका छन् । उनले शनिबार अपरान्ह खासै काम नभएकोले बसिब्यालो गरेको भन्दै फेसबुकबारे केही तथ्य प्रश्तुत गर्ने प्रयास गरेका छन् । काँग्रेस सरकारबाहिर भएका बेला नेताहरु खाली भएको उनको स्टाटसबाट अलिकती बुझ्न सकिन्छ ।

डा.खड्काले गौतमबुद्धसँग जोड्दै बताएका छन्,

“विश्वमा महीनामा सवा दई अरव मानिसहरु फेस वुकमा सक्रीय छन भने दैनीक १.७० अरव मानिसहरु सक्रीय छन् । नेपालमा त्यस्तै ५५–६० लाख होलान महीनामा सक्रीय हुने हरु । यस मध्ये मेरा ३ हजार मित्र होलान् । एउटा रमाईलो तथ्य के छ भने दिनमा १–२ पटक फेसवुक हेर्दा हाम्रो मानव संसारको एउटा जीवन्त जीवन चक्र भेटिन्छ । कही वाल वच्चाहरु जन्मीएको खुशीयाली छ त कतै चीतामा जल्दै गरेको मृत्युको दुखान्त खवरहरु । कतै जन्मोत्सव छ त कतै स्मृती दिवस । कतै विवाहा वन्धन् छ त कतै विछोड । कोही उत्साहीत भएर विदेशमा गएको खुशीयाली छ त कही वाकसमा वन्द भएर मृत्युको रोदनमा संन्सार भुलेका छन् । कतै आशा त कतै निराशाका फेसवुक वालहरु कही खुशी कही दुःख –मानव संसारकै दैनीक रीतको तस्वीर हेर्न पाईन्छ –रीश, राग, अनुराग, लोभ, मोह सवै सवै यो सामाजीक संन्जालमा । गौतम वुद्ध २५०० वर्ष धेरै पहिला जन्मीए छन् ।”