प्रदेश 1

काँग्रेसले सामान्य व्यक्तीका सुझावलाई समेत गर्यो बिधान मस्यौदामा समाबेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय विधान संशोधन समितिको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीन वटा उपसमिति गठन भएपछि तीन बाटै उपसमितिबाट आ–आफ्नो क्षेत्रको प्रारम्भिक मस्यौदा समितिमा प्रस्तुत भएको हो ।

पार्टीले आह्वान गरे बमोजिम विभिन्न निकाय र व्यक्तिवाट सुझाव प्राप्त भएका छन । विधानको प्रारम्भिक मस्यौदा गर्दा ती सुझावहरुलाई समेत मध्यनजर गरिएको पार्टीले जनाएको छ ।

समितिको पूर्ण बैठकले उप समितिबाट प्राप्त मस्यौदामाथि थप छलफल समेत गरेको छ । तीनवटै उपसमितिका मस्यौदालाई एकिकृत गर्न दिलेन्द्रप्रसाद बडू संयोजक, आनन्दप्रसाद ढुंगाना र रमेश लेखक सदस्य रहने गरी उप समिति गठन गरिएको छ ।

उक्त उप समितिलाई केन्द्रीय विधान संशोधन मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले निरन्तर सहजीकरण गरे । एकिकृत उपसमितिले मस्यौदा एकिकृत समेत गरेको छ ।

एकिकृत मस्यौदामाथि समितिको पूर्ण बैठकमा छलफल गरि सर्वसम्मत रुपमा प्रारम्भिक मस्यौदा तयार भएको छ । प्रारम्भिक मस्यौदामा छलफलमा रहेका सबै विकल्पहरु उल्लेख गरिएका छन् । समितिको असोज ३ गतेको बैठकले छलफलका लागि प्रस्तुत प्रारम्भिक मस्यौदा सर्वसम्मतवाट पारित भईसकेको छ ।

प्रदेशमा सुझाव संकलन गर्ने कार्यक्रम देहाय बमोजिम रहेको छ र उक्त कार्यक्रममा पार्टीका तर्फबाट प्रमुख अतिथि र केन्द्रीय विधान संशोधन मस्यौदा समितिका सदस्यहरु जाने बताईएको छ ।