पु.समाचार

निर्मला हत्याकाण्ड विरुद्ध तात्यो नेपाल महिला संघ, देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईदैँ

काठमाडौँ । नेपाल महिला संघले देशमा महिला हिंसाले विक्राल रुप लिएको भन्दैँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्ण गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै महिला संघले यस्तो जानकारी दिएको हो ।

निर्मला हत्याकाण्ड लगायत देशमा दिनानुदिन महिला हिंसाका घटनाहरु बढ्दै गएको र सरकारले वास्तविक दोषि पत्ता लगाउन नसकेको र पिडितले न्याय नपाएको भन्दैँ महिला संघले आईतबार देशव्यापीरुपमा दिउँसो १२ बजे विरोध ¥याली गर्ने भएको छ ।

यस्तै, महिला संघले उपत्यकामा तिन वटै जिल्लाको आईतबार नै दिउसो १२ बजे माइतीघर मण्डलाबाट विरोध ¥याली निकाली प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय काठमाण्डौंमा वुझाउने तयारी गरिएको महिला संघ अध्यक्ष उमा रेग्मीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।