शिक्षा

प्राईभेट शिक्षामा युनिग्लोबको भूमिका महत्वपूर्ण छः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले युनिग्लोव कलेजले एकैपटक स्थापना गरेको तीन कार्यक्रमलाई उद्घाटन गर्दै युनिग्लोब कलेजले नेपालको प्राईभेट शिक्षाको क्षेत्रमा महत्वपूर्ण भएको बताएका छन् । काम गर्ने प्रयास गर्दा फेल एकपटक फेल हुनु भनेको आफू सकिने नभएकोले पटक पटक कोशिस गरेमा सफलता मिल्ने दाबी गरेका छन् । शिक्षालाई ब्यापशायी बनाउनुपर्ने बिचार ब्यक्त गर्दै उनले गुणस्तरीय शिक्षाले अहिलेको आवश्यक्ता रहेको उनले बिचार ब्यक्त गरेका छन् । नेता थापाले आफूले एफएममा काम गर्दाको अनुभब समेत सुनाएका थिए । काठमाण्डौ क्षेत्र नम्बर ४ नेपाली काँग्रेसबाट निर्बाचित साँसद समेत रहेका नेता थापा पुर्ब स्वास्थ्मन्त्री समेत हुन् ।
नयाँ बानेश्वरस्थीत युनिग्लोव कलेजले शुक्रबार विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याबको शुरुवात गरेको कार्यक्रममा नेता थापाले ल्याबको उद्घाटन गर्दै स्वास्थ्य उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै शिक्षाबिद एबम् युनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा.नरबहादुर बिष्टले एकैसाथ तीनवटा कार्यक्रम संचालन गर्नु चुनौतीपूर्ण रहेपनि त्यसलाई शिक्षा क्षेत्रका बिज्ञ टिमहरुको सहकार्यबाट सफल बनाउने दाबी गरेका थिए । डा. बिष्टले दक्ष जनशक्ती उत्पादन गर्ने दीशामा आफूहरु निश्वार्थ भाबनाले रातदिन खटिरहेकाले सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा एभिन्यूज टेलिभिजनका संचालक तथा उद्योगबाणिज्य चेम्बर अफ कर्मर्शका उपाध्यक्ष भाष्कर राज कर्णिकार, पूर्ब मिस नेपाल माल्भिका सुब्बा, पूर्ब गभर्नर तीलक रावल, बृहद ग्रपका अध्यक्ष ओमराज भण्डारी लगायतका बिशिष्ट ब्यक्तीहरुको उपस्थिति थियो ।

डा. खगेन्द्र ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका कर्मचारी, पूर्ब बिद्यार्थी, बिद्यार्थी, पत्रकार लगायत उल्लेख्य सहभागीता थियो ।

कार्यक्रमका सभापति डा।खगेन्द्र ओझाले विद्यार्थी केन्द्रित शिक्षा र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न युनिग्लोव अहोरात्र लागी परेको बताए ।

वित्तीय क्षेत्रमा लगानी सुरक्षित गर्न आवश्यक ज्ञान तथा विश्व बजार र वित्तिय बजारमा भएको उतारचढावको राम्रो अध्ययन गराउनको लागि फाइनान्स ल्यावको समेत उदघाटन गरियो । साथै विद्यार्थीहरुको बोल्ने कला, लेख्ने कला एवं व्यावहारिक जीवनमा आवश्यक व्यक्तित्व निमार्ण गर्ने कलालाई अझ सशक्त बनाउन कम्युनिकेशन ल्यावको स्थापना गरिएको जनाइएको छ ।