प्रदेश 1

वडाध्यक्षको आज निधन

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक वडाध्यक्षको आज निधन भएको छ । वडा नं १ का वडाध्यक्ष इशाक अन्सारीको निधन भएको हो । ६२ वर्षीय अन्सारीको क्यान्सर रोगका कारण निधन भएको हरिपूर्वा नगरपालिका एमाले इञ्जार्च जयप्रकाश यादवले बताए । लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित अन्सारीको आज आफ्नो घरमा निधन भएको हो । अन्सारी एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।