अन्तर्राष्ट्रिय

माल्दीभ्समा राष्ट्रपतीय चुनावको व्यापक तयारी

माले । माल्दीभ्समा आगामी आइतबार हुने राष्ट्रपतिको चुनावका लागि ३८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिइएको माल्दीभ्सको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा ११ वटा अन्तर्राष्ट्रिय संस्थाका ३८ जना पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने जनाइएको छ ।

चुनावमा श्रीलङ्का, फिलिपिन्स, रोमानीया, थाइल्यान्ड, मलेसिया र हङ्गेरीका चुनाव आयोगहरुका साथै इस्लामिक सहयोग संस्था, अल पार्टी बेलायती संसदीय समूह, युरोपेली एलायन्स अफ कन्जरभेटिभ एन्ड रिफर्मिस्ट तथा एसियन नेटवर्क फर फ्रि इलेक्सन (आन्फ्रेल) ले पर्यवेक्षण गर्नेछन् । अरु १४ वटा सञ्चार माध्यमसँग सम्बन्धित संस्थाहरुले समेत चुनावको पर्यवेक्षण गर्ने मन्त्रालयले जनाएको छ ।