सुदूरपश्चिम

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।