अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा चार बालबालिकाको मृत्यु

द हेग । नेदरल्याण्डमा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ । बिहीबार भएको यस दुर्घटनामा अन्य दुई घाइते भएका डच प्रहरीले जानकारी दिएको छ ।

जर्मन सीमा क्षेत्रको नजिकै रहेको ओएसएस सहरमा यो घटना भएको थियो । यो स्थान राजधानी एम्स्टर्डमबाट ११० किलोमिटर दक्षिणपश्चिममा रहेको छ ।

यो साँच्चैकै दुःख लाग्दो घटना भएको राष्ट्रिय रेलवे सेवाका प्रवक्ताले बताए। बालबालिका बोकेर गइरहेको एक तीन पाङ्ग्रे सवारी साधन रेलसँग ठोक्किएको थियो ।

यस दुर्घटनामा परी अर्की एक महिला र बालक घाइते भएका छन् । लामो बाकस भएको कार्गो मोटरसाइकल नेदरल्याण्डमा बालबालिकालाई यात्रा गराउन र किनमेल गर्नका लागि प्रयोग गर्ने गरिन्छ ।