अन्तर्राष्ट्रिय

सेसन विरुद्ध ट्रम्पको टिप्पणीः “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन”

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसन विरुद्ध फेरि आक्रोस पोखे । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”

हाल टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताए । अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नतासम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अन्तवार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन भन। तर न्याय विभागको निर्र्देिशकामा महान्यायाधीवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ ।

सीमासमेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताए । उनले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताए ।
ट्रम्पका सल्लाहकारले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ ।