अन्तर्राष्ट्रिय

इमरान खानले आफूले गरेको बाँचा तोडे, ३ महिना नबित्दैँ विदेश भ्रमणमा

अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी पुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई पुगेका हुन् ।

प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गर्नुभयो । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्ने समाचारमा जनाइएको छ ।

यसअघि बुधबार नै प्रधानमन्त्री खानले साउदी अरबीयाका राजा सल्मान र राजकुमार मोहम्मद बीन सल्मानसँग रियादमा भेटवार्ता गरेका थिए । भेटका अवसरमा क्षेत्रीय र द्विपक्षीय सरोकारका साथै आर्थिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठनका महासचिवसँग साउदी अरबमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग विदेशमन्त्री शाह महमूद कुरेसी, विदेशमन्त्री तहमीना जान्जुआ र साउदी अरेबीयास्थित पाकिस्तानी कुटनीतिज्ञहरुको सहभागिता थियो ।

यसैबीच, प्रधानमन्त्री भएपछि इमरानले आफ्नो बचन तोड्दै साउदी पुगेका हुन् । उनलृे तीन महिना विदेश नजाने बाचा गरेका थिए । –एजेन्सीको सहयोगमा