पु.समाचार

लामो समयपछि अख्तियारले पायो प्रमुख, घिमिरे अनुमोदन

काठमाडौं । लामो समयदेखि पदविहिन अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नविन घिमिरे अनुमोदन भएका छन् । बिहिबार बसेको संसदीय बिशेष सुनुवाई समितिको बैठकले घिमिरेलाई अख्तियार प्रमुखमा अनुमोदन गरेको हो ।

केही दिन अगाडी संवैधानिक परिषद्को बैठकबाट सिफारिस भएका घिमिरेले सांसदहरुको प्रश्नको जवाफ दिएपछि सर्वसम्मत अनुमोदन भएका छन् । हाल घिमिरे अख्तियारको कार्यवाहक प्रमुखको रुपमा कार्यरत थिए ।

सांसदहरुको प्रश्नको जवाफमा घिमिरेले बढ्दै गएको भ्रष्टाचार र निर्माण व्यावसायीले समयमा आयोजना सम्पन्न नगर्ने प्रवृति अन्तय गर्ने आफ्नो मुख्य योजना रहेको बताएका छन् ।