समाचार

दिनदहाडै सुनसरीमा गोली प्रहारः एक शिक्षकको हत्या गरी भारतीय हतियारधारी फरार, चौतर्फी नाका सिल

काठमाडौं । सुनसरीमा गोली हानी एक विद्यालयका शिक्षकको हत्या गरिएको छ । भारतबाट नेपाली भूमिमा आएको हतियारधारीले गोलीले प्रहार गरी सुनसरीको भुताहाको एक विद्यालयमा पढाउने शिक्षक हसिद कुर्सित अन्सारीको हत्या गरिएको हो ।

यस्तै मोटरसाईकलमा आएको हतियारधारी समूहले चलाएको गोली लागि एक प्रहरी जवान समेत घाईते भएका छन् । चार जनाको समूहमा आएका हतियारधारीले नेपाल भारत सिमामा ड्युटीमा खटिएका प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका छन् । अहिले जिल्लाका चौतर्फी नाका सिल गरिएको जिल्ल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरीका दुईजना एसपी पुगेका र प्रहरीलाई चौतर्फी रुपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।