राजनीति

विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान आकृष्टः डा. कोईराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा धेरै रुख काट्न नहुने बताएका छन् । ६ दिने चीन भ्रमणमा जाने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सो विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान आकृष्ट गरेको बताएका हुन् ।

मधेसमा एकैपटक यती धेरै रूख काट्दा बातावरणीय असर गर्ने भन्दै यसले भयाबह अवस्था निर्माण गर्ने तर्फ पनि सबै सजग हुनुपर्ने बताए । उनले निजगढ नजिकै सर्लाहीको सागरनाथमा रहेको करिब ३ हजार बिघामा रहेको खाली जग्गामा बिमानस्थल बनाईनु उपयुक्त हुने पनि उल्लेख गरे । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैसमा सरकोर वाला निकायको ध्यान जान आवश्यक हुने उनको भनाई छ ।