शिक्षा

पूर्वप्रधानाध्यापक सम्मानित

काठमाडौँ । संविधान दिवस, दशैँतिहार, छठ तथा नेपाल संवत् (११३९)का अवसरमा चार जना पूर्वप्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

सरस्वती विद्यालयगृह माध्यमिक विद्यालय भक्तपुरका पूर्वविद्यार्थी समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा बृहत् रक्तदानसहित पूर्वप्रधानाध्यापकलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नानीछोरी मधिकर्मी, चन्द्रकला मास्के, धर्मसुन्दर तुलाधर र पुण्यराम सुवाल रहेको छ भने २९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा आयोजक कमिटीका संयोजक तथा नेपाल सर्वोच्च बार एशोसिएशनका उपाध्यक्ष राजु खड्काले स्वेच्छिक रक्तदान देश र समाजका लागि नैतिक कर्तव्य भएको बताउँदै भक्तपुरको शैक्षिक विकासमा पूर्वप्रधानाध्याकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।