गण्डकी प्रदेश

८ जनाको ज्यान गएको बेगनास ताल डुङ्गा दुर्घटना भबितब्य की योजनाबद्ध ? पौडिएर बाँचेकी निसाले यस्तो बताईन् !

काठमाडौं । गत भदौं २३ गते पोखराको बेगनास तालमा तीजको दर खान गएका आफन्तहरु चढेको डुङ्गा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने २ जना भाग्यले बाँचेका थिए ।
सानो डुङ्गामा १० जना कोचिएर चढेका थिए भने चामको बोरा पनि उक्त डुङ्गामा रहको रहस्य पत्ता लाग्यो । धेरै मानिस जान हुँदैन भन्दा भन्दै डुङ्गा धनीले बलजबस्ती पठाएको बाच्ने मध्येकी एक निशा पौडेलले बताईन् ।
घटना पछि पहिलो पटक मिडियामा आएकी निसाले उक्त घटनामा उनले आफ्नो ५ बर्षको छोरा पनि गुमाएकी छन् ।
भाबुक हुँदै निसाले भनिन्–छोरालाई बचाउँछु भन्दा भन्दै सकिन्, मानिसहरु डुङ्गाबाट छहरिएर पानीमा खसे’ । नाताले ठूलाबुबा पर्नेले उनलाई गाली गर्दै छिटो चढेर जान आग्रह गरको थिए । उनका अनुसार राबि खनालले उक्त डुङ्गा चलाए जो पहिलो पटक चलाउँदै थिए । बिचमा पुगेपछि रबिले मरे मरिन्छ सबै परिवार एकै पटक भन्ने शब्द प्रयोग गरेको निसा सम्झन्छिन् ।
चलाउन नजान्ने चालक हुनाले डुङ्गा एकतिर कोल्टीयो र पानी छिर्न थाल्यो । पानी पाल्ने टोकरी समेत थिएन । मानिस धेरै भएकाले ठाउँ पनि थिएन्–उनले भनिन् । पानी फाल्ने प्रयत्न गर्दा–गर्दै डुङ्गा पानी मुनी छिरेको उनले बताईन् ।