शिक्षा

शिक्षकको यस्तो करतुतः १५ मिनेट ढिलो आएको भन्दैँ कान नै फुटाईदिए !

काठमाडौं । चितवनको नवलपुरमा एक शिक्षकले विद्यालय किन ढिलो आएको भन्दैैँ विद्यार्थीको कान फुटाएका छन् । नवलपुरको बुलिङ्टार(६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले विद्यार्थाीलाई कुटपिट गर्दै कान नै फुटाएका हुन् ।

कक्षा १०मा अध्ययनरत खुमान कार्कीलाई १५ मिनेट ढिलो आएको भन्दैँ कानबाट रगत बग्नेगरी निर्घात कुटपिट गरेका छन् । निर्धारित समयभन्दा केही समय ढिलो पुगेका बिद्यार्थीको कानबाट अहिले खलखली रगत बगिरहेको छ । घाईते खुमानको स्थानिय मेडिकलमा अहिले उपचार भईरहेको छ ।

उनले खुमानसहित ढिलो आएका अन्य १० जना विद्यार्थीहरुलाई प्राथना चलिरहेका बेला कुटेका थिए । शिक्षक ओमकुमार श्रेष्ठले ढिलो आएकाले विद्यार्थीहरुलाई कुटपिट गरेको स्वीकार गरेका छन् । आफूले खुमानको गालामा पिट्दा कानमा लागेको र खुमानको कानमा पहिला देखि नै समस्या रहेकाले रगत आएको शिक्षक ओमकुमार श्रेष्ठले दाबी गरेका छन् । उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्होर्ने उनले बताईसकेका छन् ।

यसैबीच, पिडित विद्यार्थी खुमानका बुवाले जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।