मनोरञ्जन

पहिलो नेपाल आईडल बुद्ध लामालाई एक्कासी के भयो ? नर्भिक अस्पतालमा उपचार हुदैँ !

काठमाडौं । पहिलो नेपाल आईडल बुद्ध लामा अस्पताल भर्ना भएका छन् । गीत रेकर्ड गर्न स्टुडियो पुगेका नेपाल आईडल लामा एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।

स्टुडियो पुगेपछि सामान्य ज्वरो आएपछि आराम गर्न भन्दैँ घर पुगेका उनी आगनमा पुगेपछि लडेर बेहोस भएको स्रोतले बतायो ।

बेहोस भएर लडेका लामालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको रगतमा समस्या देखिएको र अहिले उनको अवस्था सामान्य रहेको छ ।