कर्णाली प्रदेश

योजनाका काम सन्तोषजनक भएन

विराटनगर । प्रदेश नं १ अन्तर्गत ओखलढुङ्गा जिल्लामा सञ्चालित योजनामा रु दुई करोड ६६ लाख ३५ हजारको १३ वटा योजना सम्पन्न भएको छ ।

ओखलढुङ्गास्थित डिभिजन सडक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सम्पन्न योजनामा भौत्तिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत भन्दामाथि रहेको इञ्जिनीयर शिवशरण तिमिल्सिनाले जानकारी दिए ।

डिभिजनको मातहतमा सो जिल्लामा रु १८ करोड ५२ लाख ८० हजार बराबरको पाँच वटा योजना सञ्चालनमा रहेको र ती योजनाको प्रगति सन्तोषजनक रहेको इञ्जिनीयर तिमिल्सिनाले बताए ।

उनले आर्थिक वर्ष २०७५/७६ का लागि साधुटार ओखलढुङ्गा कुइँभिर सडक निर्माणका लागि यस वर्ष रु २५ करोड र स्वोर्ण सगरमाथा वृहत चक्रपथका लागि रु १२ करोडमा निर्माणका लागि ठेक्का दिइएको जानकारी दिए ।

कुइँभिर सडक १७५ किमी बाटोका लागि यसवर्ष मूल्यअभिवृद्धि कर बाहेक रु ३३ करोड र स्वोर्ण चक्रपथका लागि १९ करोड २८ लाख विनियोजन गरिएकोे इञ्जिनीयर तिमिल्सिनाको भनाइ थियो ।

सम्पन्न र चालु योजनाका विषयमा ओखलढुङ्गाका प्रदेशसभाका सदस्य मोहनबहादुर खड्काले यतिधेरै रकम खर्चिएको योजनाका काम सन्तोषजनक नभएकोले जाँचबुझका लागि छानबिन समिति बनाइनु पर्नेमा जोड दिए ।