प्रवास

युरोप भ्रमणमा रहेका कांग्रेस वरिष्ठ नेता पौडेल विरुद्ध जनसम्पर्क समितिहरु बक्तब्यबाजी गर्दै मैदानमा उत्रिए

लिस्बोन । दुई साता लामो तुफानी युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध युरोपमा नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिहरु नै बक्तब्यबाजी गर्दै मैदानमा उत्रिएका छन् । नेपाली जनसम्पर्क समन्वय समिति युरोपका अध्यक्ष दिलबहादुर गुरुङ र जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुभाष गुरुङले एक बक्तब्य प्रकाशित गरि पौडेलको युरोप भ्रमण र बसाईले पार्टीलाई अत्यन्त कमजोर बनाउने र गुटबन्दीमा लैजाने दावी गरिएको छ ।

युरोपका जनसम्पर्क समितिहरुलाइ सही निर्णय गर्न आह्वान गरिएको बक्तब्यमा वरिष्ठ नेता पौडेलको युरोप भ्रमण पार्टी पद्धति बिपरित रहेकोले बेल्जियममा उनी सहभागी हुने कार्यक्रम उपस्थित हुन नसक्ने द्वय गुरुङद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

बेल्जियममा पौडेलले सम्बोधन गर्ने कार्यक्रम आज सेप्टेम्बर १७ तारिख तय भएको छ ।

बरिष्ठ नेता पौडेलले सेप्टेम्बर २० तारिख पोर्चुगलमा हुने अन्तरक्रियालाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम रहेको छ ।
पौडेललाई बहिष्कार गर्न जारी गरिएको वक्तव्य हेर्नुस्ः–