प्रवास

औपचारिक पोशाकमा विशेष कवि सम्मेलन

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा विशेष कवि सम्मेलन आयोजना गरिएको छ । तारा–किशन फाउन्डेशनको आयोजनामा भएको सम्मेलनको नाम ‘औपचारिक पोशाकमा कविता वाचन २०१८’ राखिएको थियो ।

कार्यक्रममा मधु माधुर्य, व्याकुल पाठक, आनन्द श्रेष्ठ, विनोद रोका, पद्मा लिंखा मगर, सीता खरेल, राजेन्द्र श्रेष्ठ, वन्दना कोइराला, गीता पन्थ, गोविन्द कोइराला, मणि वाङ्देल, पुष्पा अधिकारी, कमला प्रसाईं, नवराज खड्का, लक्ष्मी श्रेष्ठ, रश्मि भट्ट, राजन महर्जन, विजया सिंखडा, ज्योतिकुमार श्रेष्ठ, नदिया लिवाङ, बन्धु पोखरेल, विशालविक्रमशाह, हंसराज जोशी, विकास विष्ट, विष्णु पौडेल, कुन्ती थापा, जानुका वस्ती, पुनम काफ्ले र शकुन ज्ञवालीले कविता वाचन गरे ।

सम्मेलनलाई नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठान, ट्याक्स राजा, टुटुल्को डटकम, नेपालय, कता जाने पब्लिकेशन सेन्टर र काठमाडौं फ्युजन किचनले प्रायोजन गरेका थिए । सम्मेलनलाई सम्बोेधन गर्दै नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्यदूत कृसु क्षेत्रीले नेपाली कविले जुनसुकै देशमा पुगे पनि आफ्नो परिवेश र देशप्रेम कवितामा छताछुल्ल पोख्ने गरेको धारणा राखे । आयोजकमध्येका किसनसिंह धामीले वाचित कवितालाई समेटी निकट भविष्यमै नेपाली र अङ्ग्रेजी भाषामा सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए ।