लुम्बिनी

सङ्घीयता महङ्गो भन्नु गलत–मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताए ।

संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने बताए ।

उनले कामका आधारमा भन्दा सरकार सञ्चालनको छ महिना नपुग्दै आलोचना शुरु हुने गरेको बताउँदै उनले तीन प्रतिशत रहेको आर्थिक वृद्धि दर यही सरकारले छ प्रतिशतमा पु¥याएको बताउँदै आगामी वर्ष आठ प्रतिशतमा पुग्ने दाबी गरे ।

समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने पुरानो चलन भएको भन्दै गल्ती, हेलचेक्र्याइबाट हुने घटनालाई राज्यलाई जोड्नुभन्दा परिवार र समाज पनि सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशमा सभामुख पूर्णबहादुर धर्तीले सञ्चार माध्यमलाई व्यवस्थित र निष्पक्ष गराउनुपर्ने बताए । रातोपाटी अनलाइनका संस्थापक तथा नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय महासचिव ओम शर्मा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका यानेन्द्र जिसी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमाललगायतले मिडियाले समाजमा परिवर्तन गर्नुपर्ने बताए।