समाचार

निर्मला हत्याकाण्डः महिला एसपी दुर्गाको कमाण्डोमा महिला समिति गठन, बलात्कारी समातिएला ?

काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि भएकोे हत्याबारे अनुसन्धान गर्न महिला एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको अनुसन्धान समिति गठन गरिएको छ । अनुसन्धानलाई चुस्त बनाउन स्थानिय महिला, महिला अधिकारकर्मी, पिडितलाई समेटेर महिला अनुसन्धान समिति गठन गरिएको हो ।

प्रहरी प्रधान कार्र्यालयका अनुसार निर्मला हत्या प्रकरणको यथार्थ विवरण बाहिर ल्याउन कुनै कसर बाँकी नराख्ने गरी अनुसन्धानका विभिन्न समितिहरु गठन गरेर प्रभावकारी तरिकाले अनुसन्धान अगाडी बढाईएको छ ।

घटना महिलासँग सम्बन्धित भएकाले अनुसन्धानमा सहजता ल्याउन र चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनका लागि महिला प्रहरी अधिकृत खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छोरीका हत्यारा पत्ता नलागेपछि निर्मलाका बाबु–आमा न्यायका लागि काठमाण्डुमा भौतारिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीलगायतका बिशिष्ट व्यक्तिहरुसँग छोरीका हत्यारा खोजी दिन आग्रह गर्दै आएका छन् ।

यसैबीच, उक्त महिला समिति गठन भएपछि बलात्कारीको खोजी गरी कानुनी कठघरामा ल्याईने आमअपेक्षा बढेको छ ।