पु.समाचार

भारतीय सेनाप्रमुख रावतको हुँकार: भारतसँग नेपालले झुक्नैपर्छ

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतले विवादास्पद अभिव्यक्ती दिएका छन् । उनले नेपाल र भुटान भारतविना बाच्नै नसक्ने शैलीको अभिव्यक्ती दिएका हुन् । भारतको पुनेमा बिम्स्टेक सैन्य अभ्यासको समापन गर्दै सेनाप्रमुख रावतले नेपाल र भुटानले भारतको विकल्प खोज्नै नसक्ने दाबी गरेका छन् ।

चिनतिर हात पर्सानका लागि नेपाललाई भौगोलिक अवस्थिती साथ नदिने र भुटानलाई पनि भौगोलिक बनोट साथ नदिने उनको तर्क रहेको छ । ‘नेपालले आफूलाई भारतबाट अलग गर्नै सक्दैन, भौगोलिक बनावटका कारण पनि नेपाल र भुटान जस्ता देश स्वभाविक रुपमै भारततर्फ झुकाव राख्नुपर्ने खालका छन्।’, प्रमुख रावतले सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नको उत्तर दिदैँ भने ।

विमस्टेकको चौथो शिखर सम्मेलन भदौँ १४ र १५ गते काठमाडौमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा सैन्य अभ्यास गर्ने निर्णय भएपनि सो निर्णयको चौतर्फी विरोधपछि नेपालले सैन्य अभ्यासका लागि सेना पठाएको थिएन् । – दि इंडियन एक्सप्रेस