पत्रपत्रिका

काठमाडौंमा मात्रै ४२ बलात्कार

काठमाडौं । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ।

साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्।

त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन्

‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’, यो खबर आजको नयाँ पत्रिकामा छ ।