आर्थिक

४८ परिवारलाई आर्थिक सहयोग

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले वर्षात्का समयमा विभिन्न समस्यामा परेका ४८ परिवारलाई आर्थिक सहयोग गरेको छ ।

वर्षात्ले घरको छानो चुहिने, पर्खाल भत्केका र पानीका कारण घरमा सुत्ने नमिल्ने परिवारलाई रु एक लाख ७५ हजार पाँच सय बराबरको आर्थिक सहयोग गरेको गरिएको हो ।

विपद्का कारण समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न, गरीब, दलित, असहाय परिवारलाई गाउँपालिका, नगरपालिका र वडाको सिफारिशमा सहयोग गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

तत्काल राहत दिनुपर्ने र सा¥है समस्यामा परेकालाई सहयोग प्रदान भएको र बाँकीका हकमा थप जानकारी लिई सहयोगका लागि सरोकारवालासँग अनुरोध गर्ने प्रशासनले जनाएको छ ।

पहिरोका कारण विपद्मा परेकाले तारजालीको माग गरेपनि आपूर्ति कम हुँदा समस्या समाधान गर्न कठिनाइ भएको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताए ।