कृषि

बजेट अभावले अलैँची खेती विस्तार गर्न समस्या

पाँचथर । जिल्लामा अलैँची जोन कार्यक्रमका लागि बजेट अभाव भएको छ । अलैँची उत्पादनको पकेट क्षेत्र फालेलुङ गाउँपालिका– १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रम बजेट अभावले प्रभावित भएको छ । बजेट अभावका कारण अलैँची खेती विस्तार गर्न समस्या भएको अलैँची जोन कार्यक्रमका सूचना अधिकारी प्रकाश विश्वकर्माले बताए ।

अलैँची जोन कार्यक्रम अघिल्लो आवदेखि शुरु भएको हो । “सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ,” उनले भने । सो क्षेत्रमा अहिले एक हजार ५०० हेक्टरमा अलैँची खेती विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकाको चार वडामा सञ्चालित अलैँची जोन परियोजना जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गर्न कृषकले माग गरेका छन् ।