पत्रपत्रिका

मुख्यमन्त्रीलाई बालुवाटारमा नो ईन्ट्री !

काठमाडौं । देशमा पहिलो पटकको प्रादेशिक सरकारको अभ्यास ६ महिना पुरा भएको छ । यस अवधिमा सात वटा प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन् भने प्रदेशको न्युनतम भौतिक पुर्वाधार र कर्मचारी प्रबन्ध गरिएको छ ।

तर, विकास निर्माण, सेवा प्रवाह र शान्ति सुरक्षाजस्ता सरकारका प्राथमिक काममा भने सबै प्रदेश सरकार प्रभावकारी हुन सकेका छैनन् ।

कानुन् अवभा संघीय सरकारको अपेक्षा उच्च तहका कर्मचारीको अटेरी प्रवृत्ति प्रदेश सरकारलाई निकटमा बनाउन मुख्य जिम्मेवार देखिएका छन् ।

संविधानले प्रधानमन्त्री केपी ओलीलाई नै प्रदेशको झमेला सल्ट्याउने जिम्मेवारी दिएको छ ।

अन्तरप्रदेश समन्वय परिषद्को अध्यक्षको हैसियतमा ओली संविधानतः संघ र प्रदेश सरकारका सेतु मात्रै होइनन्, सघीयता कार्यान्वयनका मुख्य पात्र पनि हुन् ।

त्यसैले प्रदेश सरकारका समस्या समाधान गर्ने सुत्रधार पनि उनै हुन् । तर, प्रदेश सरकार गठन भएको ६ महिनामा ओलीले बोलाएको परिषद् बैठक उनकै कारण अनिश्चित भउको छ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।