विशेष

कयौं चेली बिधुवा बनाउने आतंककारी भन्दै डा.भट्टराई बिरुद्ध अमेरिकामा कालो झण्डा प्रदर्शन (भीडियो)

काठमाण्डौ । नयाँ शक्ती पार्टीका संयोजक एबम् पूर्ब प्रधानमन्त्री डा. बाबुराम बिरुद्धमा अमेरिकाको टेक्सासमा नेपालीहरुले कालो झण्डा देखाएका छन् । १० बर्षे हिह्सात्मक जनयुद्धका बेला १७ हजार नेपालीको ज्यान जाँदा उनी तत्कालीन भूमिगत माओबादीका जनसरकार प्रमुख थिए र त्यसको जिम्मेवारी उनले लिनुपर्ने माग गर्दै त्यहास्थीत नेपाली समुदायका केही अगुवाहरुले डा. भट्टाई बिरुद्धमा कालो झण्डा देखाएका हुन् ।
डा. भट्टराई मुलुकको प्रधानमन्त्ती हुंदा बिकासका लागि धेरै नै योगदान गर्न खोजेका भएपनि बिश्वभर बस्ने नेपालीहरुले १० बर्षे युद्धमा भएका आफ्ना र आफ्ना परिवारका क्षतीलाई नबिर्षेको यस घटनाबाट बुझ्न सकिन्छ । झण्डा देखाउदै बिोध गर्नेहरुले नेपालका छोराहरुलाई मार्ने मर्डरर गो ब्याक, नेपालका कर्यौ चेलीहरुलाई बिधुवा गर्ने मर्डरर गो ब्याक जस्ता नाराहरु लगाएका थिए ।

नबराज खड्का भन्छन्, ‘टेक्सासमा आज आयोजना गरिएको पूर्व आतंककारी बाबुराम भट्टराई विरूद्दको सांकेतिक विरोध प्रदर्शनलाई लिएर कतिपय मिडियाका साथि र मेरा मित्रहरूले आम अमेरिकी नेपालीहरूको जनभावनालाई ठाडो वेवास्ता र अवमुल्यन गर्दै ऊक्त सांकेतिक प्रतिरोधलाई नेपालीले पाएको असाईलम बेनिफिट र त्यसका कन्सिक्वेन्ससहरूलाई आधार बनाएर अत्यन्त सस्ता र हलुका टिप्पणिहरू पनि गरिरहेको पाईयो ! तर यथार्थमा असाईलम र विरोध बिचमा अन्तरसम्बन्ध छ जस्तो मलाई कुनै पनि एंगलबाट लाग्दैन किनकी यो नितान्त अमेरिकी सरकार डिपार्टमेन्ट अफ होमलयाण्ड सेक्सुरिटीको आन्तरिक टेक्निकल विषय हो , रह्यो कुरा बाबुराम को कार्यक्रम बहिस्कार र सांकेतिक विरोध को ईस्यु, कसैले हामीलाई ड्याङ्ग कि ड्याङ्ग पिट्छ भने हामी ले चै ए किन पिटेको भनेर ढाड कन्याऊन पनि नपाऊनु ? यो विरोध बाबुराम जनसरकार प्रमुख रहदाँ हज़ारों मानिसहरूलाई निशंसतापूर्वक सुराकीको आरोपमा हत्या गरिएको काण्ड विरूद्द को विरोध हो ! यो विरोध बाबुरामले आफ्नो छोरी चाहि सुटुक्क लण्डन पढ्न पठाएर सोझा आदिवासी जनताका छोराछोरीको क़लम खोसेर हातमा बन्दुक समाऊन लगाएको प्रतिको विरोध हो, यो प्रतिरोध नेपालको पनि गाँऊ शहर सबैतिर शुषुप्ताअवस्थामा आगों झै दन्किरहेको छ तर डरको कारणले प्रस्फुटन मात्र हुन सकेको छैन, ज्ञात रहोस् यो नितान्त बाबुरामको मात्र विरोध नभएर समग्र बाबुरामिय प्रवृत्तिको विरोध हो जसले आफ्नो सासुलाई नियुक्ति दिनका लागी केयुकेल (काठमाण्डू ऊपत्यका खानेपानी लिमिटेड) बाट सेभेन ट्रेन्टलाई हटायो अनि त्यहि सासुलाई नै फेरि अर्को नियुक्तिको लागी अर्को केयु (काठमाण्डौ युनिभर्सिटी ) बाट डा.शुरेश राज शर्मा लाई पनि रूवाऊदै निकाल्यो अनि भारत गएर नेपाललाई च्याखेँ थापेर बिप्पामा जुवा खेल्यो ! यो विरोध समग्र राजनैतिक दग़ाबाज़हरुको लागी हो जो जनताको हाऊगुजी तेर्स्याएर आफु र परिवार केन्द्रित राजनिती गर्न ऊद्दत छन् !’