साहित्य

१९९ औं श्रृङ्खला हास्यव्यङ्ग्य विशेष कवि गोष्ठी सम्पन्न

काठमाण्डौ । अभिनव साहित्य समाजको १९९ औं श्रृङ्खला अन्तर्गत आज भाद्र ३० गते २०७५ को दिन १५३ औं मोतीजयन्ती, ८३ औ भैरव अर्याल जयन्ती र १२ औं वासुदेव लुइटेल स्मृति दिवसको उपलक्षमा हास्यव्यङ्ग्यविशेष कवि गोष्ठी सम्पन्न भएको छ ।

प्रमुख अतिथि श्री डम्बर घिमिरे रहेको सो कार्यक्रममा डा. विदुर चालिसे, मञ्जुश्री प्रधान के.सी रामबहादुर पहाडी, डा. शेषराज आचार्यआदिले विशेष अतिथिको आशनबाट कविता वाचन गरेका  र त्रिभुवनचन्द्र वाग्लेजीको पनि विशेष उपस्थिति थियो ।

समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको समापतित्वमा भएको सो कार्यक्रममा कविता वाचन गर्नेहरुमध्ये मिसन अधिकारी, कीर्ते पौडेल, दुर्लभ शाह त्यागी र केशवराज अर्याललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

अन्य सहभागी कविहरुमा सुशील आचार्य, हेमराज जोशी, ओम कोइराला, कुसुम शर्मा, बुद्धरत्न शाक्य, मेनका पोखरेल, बाजुराम पौडेल, सुमन पुडासैनी, राजेन्द्र प्र. घिमिरे,सन्ध्या सेढाई,पवन सङ्ग्रौला, प्रदीपरत्न शाक्य, रत्ननिधि रेग्मी, विजयध्वज थापा, महेशकुमार वाग्ले, भूषण हुमागाई, चिरन्जीवी दाहाल, अनुभव आत्रेय, जयन्ता पोखरेल, सीताराम पोखरेल, गोपाल नेपाल, लगायत ४५ जना थिए कार्यक्रमको समीक्षा परशुराम पराशर र उद्घोषण शारदा पराजुलीले गरेका थिए ।