साहित्य

चेली असुरक्षित भएकामा कवितात्मक रुपमा यसरी पोखियो आक्रोश

काठमाडौँ ।

तक्षकले डसेपछि मुर्छा प¥यो न्याय
रक्षक नै भक्षक भए, जनता असहाय
चेलीहरु असुरक्षित, नेता मौन प्राय
आमा रुन्छिन् धुरुधुरु कस्तो यो अध्याय रु

आज मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक ‘शान्ति काव्य प्रवाहको ७१ औँ शृङ्खला’मा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीद्वारा प्रस्तुत रचनाको अंश हो यो ।

काव्य प्रवाहमा चेलीहरु असुरक्षित हुँदै गएकाप्रति कविहरुले चिन्ता र आक्रोश व्यक्त गरे । मासिक शान्ति काव्य प्रवाहमा ३५ जना कविले कविता, गजल, मुक्तक प्रस्तुत गरेका थिए ।

काव्य प्रवाहमा कवि रामबहादुर पहाडी, वेदमणि घिमिरे, मेनका पोख्रेल आचार्य, ऋचा, प्रा डा जीवन अधिकारी, डा बमबहादुर जिताली, जसध्वज गुरुङ, कल्पना काफ्ले, मञ्जु श्री प्रधान केसी, दुर्गा तिवारी, पुष्पा धमला, विजयध्वज थापा, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, सीता सुवेदी, भुवन शिवाकोटी, प्रकाशमणि दाहाल, त्रिभुवनचन्द्र वाग्ले, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, रुद्र अधिकारी,  पुण्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, शर्मिला कार्की, निर्मल पराजुली, अशोक घिमिरे, रवीन्द्र आशिष शैली, जनार्दन धड्कन, केशवराज अर्याल, प्रमोद स्नेही, पदम दोङ, अनिष घिमिरेसहित ३५ जना कविले रचना प्रस्तुत गरेको समाजले जनाएको छ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले स्थापित समाजले विगत एक दशकदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाहसमेत सञ्चालन गर्दै आएको छ ।