पर्यटन/संस्कृति

ग्रामीण पर्यटन विकासमा प्रदेशको जोड

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण पर्यटन विकासमा प्रदेश सरकारले जोड दिएको बताए ।

उत्तरी पर्वतको जलजला गाउँपालिकामा जारी तीज कार्यक्रममा बिहीबार सम्बोधन गर्दै मन्त्री लम्सालले पाँच वषभित्रमा गण्डकी प्रदेशमा ३०० घरबास सेवा तयार गरिने बताए । नेपालको मुख्य पर्यटकीय हबका रूपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई अन्य जिल्लामा पनि पु¥याउनका लागि २०० सुविधासम्पन्न होटल र ३०० घरबास सेवा तयार गरिने उनको भनाइ छ ।

मन्त्री लम्सालले साबिक धौलागिरिका चार जिल्लामा पनि आन्तरिक तथा बाह्य पर्यटकको पहुँच पु¥याउने हिसाबले सरकारले काम गरेको बताउँदै बिरेठाँटी–मुक्तिनाथ केवुलकार सञ्चालनपछि यो क्षेत्रका सबै जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
मन्त्री लम्सालले पोखरालाई ग्रेटर सिटी र अन्य आपसापका जिल्लालाई स्याटलाइट सिटीका रूपमा विकास गर्ने गरी प्रदेशले बजेट तथा नीति तयार गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जलजलाको पर्यटन विकासमा सघाउन प्रदेश सरकारलाई आग्रह गर्दै उद्योगको प्रवद्र्धन र वन पैदावारको सदुपयोगका लागि अनुकूल कानून निर्माणका लागि आग्रह गरे ।